Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • १३८० जनामा कोरोना पुष्टि हुँदा जम्मा ५१५ जना डिस्चार्ज, १९ जनाको मृत्यु

    १३८० जनामा कोरोना पुष्टि हुँदा जम्मा ५१५ जना डिस्चार्ज, १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ५४६ महिला र ८ सय ३४ पुरुष गरी १ हजार ३ सय ८० कोरोना संक्रमित थपिएका हुन् ।



    मन्त्रालयका अनुसार हालसम्म १७ लाख १९ हजार ८ सय २८ पीसीआर परीक्षण भएका छन् ।



    पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय १५ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार