Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेकपा सचिवालय बैठक

    ओलीको जवाफी प्रस्ताव पेश भएपछि मंगलबार दुबै प्रस्तावबारे छलफल हुने (पूर्णपाठ)

    ओलीको जवाफी प्रस्ताव पेश भएपछि मंगलबार दुबै प्रस्तावबारे छलफल हुने (पूर्णपाठ)

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको शनिबारको बैठक सकिएको छ।

    आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको राजनीतिक प्रस्ताव पेस भएको छ। प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव (जवाफी पत्र) सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।



    उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।



    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको जानकारी दिए ।

    सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । मंगलबार दुबै प्रतिवेदनमाथि छलफल हुने पनि उनले जानकारी दिए ।

    ओलीले यसअघि कार्यकारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् ।

    अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका थिए

    प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार