Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गर्दै

    नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गर्दै

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । फुटको संघारमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

    आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।



    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि मंसिर ३ मा बसेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावको जवाफमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित प्रस्ताव पेश गर्नेछन् ।



    अध्यक्ष दाहालले लगाएका आरोपसहितका जवाफ ओलीले दिने बुझिएको छ।

    उनले प्रचण्डको आरोपको जवाफका लागि १० दिनको समय मागेका थिए ।

    प्रचण्डको प्रतिवेदन आएपछि नेकपाभित्रको नेतृत्वको विवाद चुलिएको थियो।

    नेकपाको ९ सदस्यीय सचिवालयमा दाहाल पक्षको बहुमत छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार