Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गोहीको छालबाट बनेको ८३ करोडको यो कस्तो ब्याग ?

    गोहीको छालबाट बनेको ८३ करोडको यो कस्तो ब्याग ?

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक गरेको छ ।

    कम्पनीले यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) तोकेको छ । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो ।



    लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ ।



    इटालियन ब्रान्ड बोरिनी मिलनेसी ब्याग बनाउने ब्रान्ड हो ।

    चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण गरिएको बताइएको छ ।

    बोरिनी मिलनेसीले इन्स्टाग्राममा जारी गरेको एक बयानमा समुद्रको रक्षा र जागरुकता बढाउनका लागि आफूहरुलाई आफ्नो ब्यागको अनावरणमाथि गर्व भएको बताएको छ ।

    गोहीको छालाबाट बनेको उक्त ब्याग बेचेबापत् ७ लाख ११ हजार ९ सय ५० पाउन्ड रकम समुद्रलाई प्लाष्टिकमुक्त बनाउनका लागि दान दिने पनि बताइएको छ ।

    इन्स्टाग्राम पोस्टमा एक भिडियोको माध्यमले यो ब्यागको सुन्दरताबारे देखाइएको छ । हल्का निलो देखिने यो ब्यागमा सुनको पुतली पनि राखिएको छ जुन हेर्दा निकै सुन्दर देखिन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार