कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

अनलाइन नेपाल
  • शनिबार, मंसिर १३ २०७७

  • 2.9K
    SHARES

  • कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे आज विहान मृत्यु भएको छ ।

    बुटवलका पुरुष मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए भने मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको हो ।

    अस्पतालका अनुसार मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेका थिए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार