Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जगदम्बा स्टिलको गम्भिर लापरवाही, भट्टी पड्किँदा ४ जनाको शरिर जल्यो

    जगदम्बा स्टिलको गम्भिर लापरवाही, भट्टी पड्किँदा ४ जनाको शरिर जल्यो

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 3.9K
    SHARES

    वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना कर्मचारी घाइते भएका छन् ।

    घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । चार जनामध्ये सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।



    यादवको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह घाइते छन् ।



    आलम र यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    शनिबार बिहान पौने १ बजे फलाम गलाउने भट्टी अचानक पड्किँदा भट्टीमा काम गरिरहेका उनीहरु घाइते भएका हुन् ।

    आफूलाई देशकै उत्कृष्ट स्टिल कम्पनी दावी गर्ने जगदम्बा स्टिलले फलाम गलाउने भट्टी नै अव्यवस्थित बनाउँदा आज दुर्घटना हुन पुगेको एक स्थानीयबासीले बताए ।

    फलाम गलाउने भट्टी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको हुनु पर्नेमा कम्पनीले हेलचेक्य्राई गर्दा घटना हुन पुगेको उनको भनाई छ ।

    स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उद्योगको फलाम गालाउने भट्टी पुरानो भएर उच्च तापक्रमको कारण विस्फोट भएको खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार