Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यस कारण फरक छ आजको नेकपा सचिवालय बैठक

    यस कारण फरक छ आजको नेकपा सचिवालय बैठक

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा छ । अझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको फरक प्रस्तावका कारण पार्टी विवाद झन उत्कर्षमा पुगेको छ ।

    यहि बेला आज बस्ने भनिएको सचिवालय बैठकले कुनै नै कुनै ठोस निर्णय गर्न सक्ने आँकलन नेकपाका नेता तथा कार्यकर्ताहरुको रहेो छ ।



    आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव ल्याउँदैछन् । ओलीको आजको प्रस्तावलाई यसअघि कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफको रुपमा समेत हेरिएको छ ।



    नेकपाका नेता तथा कार्यकर्ताहरुमा ओलीले ल्याउने प्रस्ताव कस्तो होला र त्यो प्रस्तावले पार्टीको विभाजनको रेखा कोरिएला या मेटाउला ? भन्ने उत्सुकता छ ।

    त्यसैले पनि आजको बैठकलाई नेकपाका नेता कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन् ।

    यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलाई ओलीले ‘आरोप पत्र’को संज्ञा दिँदै फिर्ता गर्नुपर्ने बताएका थिए ।

    ओलीले आफूमाथि आफ्नो राजनीतिक जीवनकालमै गम्भीर आँच आउनेगरी प्रतिवेदन आएको भन्दै ती आरोप पुष्टि गर्न चुनौति नै दिएका थिए । त्यतिमात्र होइन ओलीले आरोप पुष्टि भए एकैठाउँ बस्न नसक्ने पनि बताइसकेका छन् ।

    अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् भने ओलीको पक्षमा उनीसहित ईश्वर पोखरेल, विष्णु पौडेल रहेका छन् । अर्का नेता रामबहादुर थापा बादल भने कतै पनि खुलेका छैनन् । यद्यपि बादलले ओलीलाई सहयोग गरे पनि ओली अल्पमतमै रहन्छन् ।

    त्यसो त सचिवालयमा अल्पमतमा परिरहेको बेलामा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफूतिर तान्ने प्रयास आजसम्म पनि जारी नै राखेका छन् ।

    गौतमलाई फकाउन गएराती ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गौतम निवास भैँसेपाटी पठाएका थिए ।

    भेटमा पोखरेलले प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गर्दै उपप्रधानमन्त्रीको लोभ देखाएको स्रोतको दावी छ ।

    तर, गौतमले आफूलाई पार्टी एकताको पक्षधर भन्दै त्यसकै वकालत गरिरहेका छन् भने ओलीलाई दुवै पदबाट हटाउन चाहेको जवाफ पोखरेललाई पठाएको पनि स्रोतको दावी छ ।

    प्रधानमन्त्री ओली र प्रचण्डबीच मङ्सिर ३ पछि भेटवार्ता भएको छैन । अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन ल्याएपछि प्रधानमन्त्री ओलीले मङ्सिर ३ गतेको बैठकमा त्यसको प्रत्युत्तर दिन समय मागेका थिए ।

    उनले मागेअनुसार मङ्सिर ३ गतेको बैठकले ओलीलाई १० दिनको समय दिएको थियो । तर, यो बीचमा ओली– प्रचण्डबीच कुनै भेटवार्ता भएको छैन ।

    ओलीले मागेको समय र सचिवालयले दिएको १०औं दिन आज ओलीले कस्तो प्रस्ताव ल्याउने हुन् त्यो भने पर्खाइको विषय बनेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार