काठमाडौँ । केही दिन यता राजतन्त्रको पक्षमा देशका बिभिन्न स्थानमा जुलुश र प्रदर्शन हुन थालेपछि राजनीतिक दलका नेताहरुले त्यसको बिरोध जनाएका छन् ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान युवाहरुलाई आग्रह गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसोलाई बिर्सन नहुने बताएका छन् ।
उनले लेखेका छन्,‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ, अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौंसनकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस्अ, गाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं, दुबैसॅग लडेर अघिजाने साहस गरौं,’।
https://twitter.com/brb1954/status/1332492651522789376?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1332492651522789376%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.newsofnepal.com%2F2020%2F11%2F28%2F365775%2F