Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युवतीलाई जवरजस्ती यौन शोषण गराएको अभियोगमा खाजा घरका सञ्चालक पक्राउ

    युवतीलाई जवरजस्ती यौन शोषण गराएको अभियोगमा खाजा घरका सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.9K
    SHARES

    कास्की । युवतीलाई जवरजस्ती  यौन शोषण गराएको अभियोगमा जाल्पारोड स्थित एक खाजा घरका सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    आफ्नो खाजा घरमा खाजाखान आउने पुरुषहरुसँग पैसा लिएर खाजा घरमा काम गर्न राखेका युवतीलाई जवरजस्ती शारीरिक सम्पर्क गराएको आरोपमा सञ्चालक केशव भुजेललाई कास्की प्रहरीले पक्राउ गरेको हो ।



    काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घरभई पोखरा–९ जाल्पारोडमा खाजाघर सञ्चालन गर्दै आएका ३४ वर्षीय  भुजेललाई बिहीबार राति पक्राउ गरिएको  कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।



    उनले  युवतीहरुलाई खाजा घरमा खाजा नास्ता वितरणको काममा लगाइदिन्छु भनी बोलाएर ल्याई डरधम्की देखाएर खाजाघरमा आएका व्यक्तिसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलमा समेत पठाई यौन शोषण गरेको भन्ने परेपछि पक्राउ गरिएको डिएसपी हमालले बताए ।

    भुजेललाई मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तरगत १० दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार