Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारत र साउदी अरबसँग मिल्दो

    नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारत र साउदी अरबसँग मिल्दो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको पुष्टि भएकाे छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) उक्त पुष्टि गरेकाे हाे।

    सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन गरेर आनुवंशिक अध्ययन थालिएको थियो ।



    नमुना सङ्कलन गर्दा फरक ठाउँ, उमेर र लिङ्ग अनि स्थलमार्ग र जहाजमार्फत् नेपाल भित्रिएका मानिसलाई संलग्न गराइएको थियो। जीवित सङ्क्रमितबाट मात्र नभई कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिबाट पनि नमुना लिइएको थियो।



    परिषद्‌का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले यो आनुवंशिक अध्ययनले भारत तथा साउदी अरबमा प्रयोग गर्न सकिने भ्याक्सिन नेपालमा पनि प्रयोग गर्न सकिने संकेत दिएको बताए । उनका अनुसार चीनको वुहानबाट नेपाल फर्किएका व्यक्तिमा देखिएकोभन्दा सार्स कोभ-२ भाइरसको प्रकृति भन्दा नेपालमा देखिएको भाइरस फरक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार