Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर १७०३ जना कोरोना संक्रमित थपिदा १२३६ जना संक्रमणमुक्त, २३ को मृत्यु

    देशभर १७०३ जना कोरोना संक्रमित थपिदा १२३६ जना संक्रमणमुक्त, २३ को मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।



    आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार