नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४३५ पुग्याे

नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४३५ पुग्याे

अनलाइन नेपाल
  • शुक्रबार, मंसिर १२ २०७७

  • 3.4K
    SHARES

  • नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ४३५ पुग्याे फाइल तस्बिर

    काठमाडौं । नेपालमा कोरोना एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो।

    एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार