Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘बलात्कारी’ बाबाको जेलमै बास, सर्वोच्चद्धारा उच्चको आदेश सदर

    ‘बलात्कारी’ बाबाको जेलमै बास, सर्वोच्चद्धारा उच्चको आदेश सदर

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । बलात्कारी बाबालाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।

    सर्वोच्चको आजको आदेशसँगै आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उच्च अदालत बिराटनगरको आदेशले पुर्पक्षमा थुनामा रहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी अनिश्चितकालिन जेलमै रहने भएका हुन् ।



    आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।



    तर, सर्वोच्चका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालत विराटनगरले गरेको गिरीलाई पूर्पक्षमा राख्ने आदेशलाई नै सदर गरेको हो ।

    बलात्कार आरोपमा पुर्पक्षमा रहेका सिद्धबाबालाई छुटाउन पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितलगायतको दौडधूप चलेको थियो ।

    सेटिङ गरी बलात्कारी बाबालाई साधारण तारिखमा छुटाउन पण्डितको समूह लागि परेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार