Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कञ्चनपुरमा दुई जनाको शव फेला

    कञ्चनपुरमा दुई जनाको शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 3.4K
    SHARES

    कैलाली । कञ्चनपुरमा दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको हाे। ।

    शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् ।



    टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    यस्तै बिहीबार कञ्चनपुरको भमिदत्त नगरपालिका–१० सुकासालमा एक पुरुषको शव फेला परेको थियो । भीमदत्त नगरपालिका– ६ ऐठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव फेला परेको हो ।

    बिहीबार र शुक्रबार दुवै दिन फेला परेका शवबारे प्रहरीले छानबिन गरिरहेको बताए पनि घटना कसरी भएको भन्नेबारे यकिन तथ्य सार्वजनिक गर्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार