Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गोरखा पुगेर विदेशसचिवले भने- यो पृथ्वीनारायण शाहको भूमि हो

    गोरखा पुगेर विदेशसचिवले भने- यो पृथ्वीनारायण शाहको भूमि हो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । गोरखा पुगेरभारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले राजा पृथ्वीनारायण शाहलाई सम्झिएका छन्।

    उनले भने,’यो पृथ्वीनारायण शाहको भूमि हो। नेपालको एकीकरणको ऐतिहासिक भूमि हो। गोरखाका मानिसहरु संसारभर बहादुर रुपमा चिनिन्छन्।’



    त्यस्तै भारतीय सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालयको विदेशसचिव श्रृङ्गलाले उद्घाटन गरेका छन्।



    भारतीय सहयोगमा निर्माण भएका तारा माध्यामिक विद्यालय, महालक्ष्मी माध्यामिक विद्यालय र रत्नलक्ष्मी माध्यामिक विद्यालयको उद्घाटन गर्न श्रृङ्गला गोरखा पुगेका हुन्।

    भारतीय सहयोगमा पुनर्निर्माण भएका विद्यालयबाट एक हजार ६०० विद्यार्थीहरु लाभावन्वित हुने उनले बताए। साथै ६ करोड नेपाली रुपैयाँको लागतमा ९ जिल्लामा १७ वटा विद्यालयको पुनर्निर्माण भइरहेको समेत उनले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार