Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोनाका कारण १७ दिनकी सुत्केरीको मृत्यु

    कोरोनाका कारण १७ दिनकी सुत्केरीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.1K
    SHARES

    मोरङ । कोरोनाले मोरङको विराटनगरमा एक १७ दिनकी सुत्केरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–१० घर भएकी २५ वर्षीय सुत्केरीको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

    उनको हिजो विहिवार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।



    २५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । झापाको दमकस्थित आम्दा अस्पतालमा कात्तिक २५ गते शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।



    चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए । विराटनगरमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो । तर घरमा बस्दा अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार