कास्की । ३९ बर्षिय पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
मंसिर ६ गते आफ्नै नाबालिग छोरीलाई होटेलमा लगी जबरजस्ती अश्लील फोटो र भिडियो देखाएर बलात्कार गरेको भन्ने जाहेरीको आधारमा बालिकाका बुवा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । पीडित बालिकाको पहिचान गोप्य राख्नका लागि पीडकको नाम ठेगाना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।
डिएसपी हमालका अनुसार पक्राउ परेका पुरुषले विगत केही वर्ष अगाडिदेखि अनेकौँ बहानामा छोरीलाई बलात्कार गर्दै आएका थिए ।
पक्राउ परेका प्रतिवादी बिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।
Leave a Reply