Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कांग्रेस सभापति देउवासहितका उच्च नेतासँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    कांग्रेस सभापति देउवासहितका उच्च नेतासँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमै पुगेर श्रींगलाले भेटवार्ता गरेका हुन् ।

    देउवाको सचिवालयका अनुसार भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णाप्रसाद सिटौला र पूर्वपरराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई सहभागी थिए ।



    कांग्रेस शीर्ष नेतासँगको भेटवार्तामा श्रींगलाले दुई पक्षीय हितका बारेमा कुराकानी भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेर श्रींगला बुढानिलकण्ठ पुगेका थिए ।



    भारतीय विदेश सचिव  श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै  प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार