Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय नाघ्याे

    नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय नाघ्याे

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ।

    गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।



    आज १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।



    गत २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख पुगेको छ। हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार