Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु

    बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडाैँ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।



    कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् ।



    उनको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको थिइन् । उनको मृत्युसगै प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार