Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आजबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा

    आजबाट उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आजदेखि सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ः३० बजे जुमबाट भर्चुअल रुपमा महासंघको साधारणसभा उद्घाटन गर्नेछन् ।

    शुक्रबार बिहानदेखि भने साधारणसभा अन्तर्गत बन्दसत्र सुरु हुनेछ । वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित भएपछि बन्द सत्र अन्तर्गत महासंघको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।



    शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ३ वटा छुट्टाछुट्टै स्थानबाट मतदान गर्ने व्यवस्था गरिएको छ जसअनुसार जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहका मतदाताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएट सदस्यहरुलाई बबरमहलको कार्की ब्यांक्विट र वस्तुगत समूहहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुबाट मतदान गर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमित मतदाताले पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट मतदान गर्न सक्नेछन् ।



    महासंघको निर्वाचनमा कुल ६२ पदका लागि १ सय २१ जनाको प्रतिस्पर्धा हुनेछ ।

    २ वटा पदमा निर्विरोध भएको र ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवार संख्या १ सय २१ मा झरेको हो । चुनावी नजिता आफ्नो पक्षमा पार्न महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकाल प्यानलसहित चुनावी मैदानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार