Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विमा र धरौटीका नाममा विद्यार्थीबाट बढि शुल्क असुल्दै चरक अस्पताल

    विमा र धरौटीका नाममा विद्यार्थीबाट बढि शुल्क असुल्दै चरक अस्पताल

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 3.5K
    SHARES

    यदुनाथ बन्जरा/कास्की। प्राविधिक शिक्षा पढाउन सुरु गरेको चरक मेमोरियल हस्पिटल पोखराले पहिलो भर्नामै विद्यार्थीबाट सीटीईभीटीले तोकेभन्दा फरक शिर्षकमा वढि शुल्क उठाएको पाइएको छ ।

    डिप्लोमा इन फार्मेसी तहको तीन वर्षसम्मको पूर्ण शुल्कीय दर जम्मा ३ लाख ३८ हजार रुपैयाँ मात्र हो तर चरक मेमोरियल हस्पिटलले गत भाद्रमा खरिद गरेको वेस्टर्न हेल्थ साइन्स एकेडेमी (वासा) नाम वाटै लिएको विद्यार्थी भर्नामा ३७ हजार ३ सय रुपैयाँ थर्पर ३ लाख ७५ हजार ३ सय रुपैयाँ डिप्लोमा इन फार्मेसीमा भर्ना भएको विद्यार्थीबाट असुल गरिएको छ ।



    जवकी चरक मेमोरियलले किन्नु अघि वासाले विद्यार्थीसँग धरौटी वापत जम्मा ५ हजार रुपैयाँ मात्र लिने गरेको थियो भने मेडिकल विमा वापत कुनै शुल्क लिएको थिएन ।



    सीटीईभीटीले आफ्नो सम्वन्धन प्रदान गरेका सवै प्राविधिक शिक्षण संस्थाहरुलाई शुल्क निर्धारण गरी कार्यक्रम संचालन गर्न दिएको छ। सिटिइभिटिले तोकेभन्दा फरक शिर्षक राखेर कुनै पनि रकम विद्यार्थीबाट असुल गर्न पाइन्न तर कलेज किनेको सुरु वर्षमै चरक मेमोरियलले विद्यार्थीबाट दुई फरक शिर्षकमा रकम उठाइसकेको छ जबकी आफूले किनेको संस्थाको वैधानिक हस्तान्तरण अझै भइसकेको छैन ।

    चरक मेमोरियल हस्पिटलका प्रवन्ध निर्देशक कपिल पोखरेल विद्यार्थीलाई अनुशासित बनाउन धरौटी लिएको वताउँछन् । विद्यार्थी र विमा कम्पनीको एजेन्ट वनेर अस्पतालले ७ हजार ५ सय रकम उठाइएको वारे विद्यार्थीको ३ वर्षसम्म उपचार गर्न विमा सुल्क उठाएको बताउँछन् । आफ्नै हस्पिटल भएको स्वास्थ्य शिक्षण संस्थाले आफ्नै विद्यार्थीलाई निःशुल्क उपचार गर्न सम्म नचहानु कतिको सान्दर्भिक होला । राज्यले विद्यार्थीलाई राहत होस् भनेर शिक्षा सेवा कर र स्वास्थ्य सेवा कर समेत हटाई सकेको छ तर नीजि शिक्षण संस्थाहरु मनोमानी ढंगबाट शुल्क असुल गर्न उद्दन छन् ।

    कलेजको नियमनकारी निकाय सीटीईभीटी गण्डकी प्रदेश निर्देशक रामहरी देवकोटा यसरी वढि शुल्क लिन नपाइने बताउँछन्। सीटीईभीटीले आफ्नो आज्ञिक क्याम्पस सँग ५ हजार मात्र धरौटी लिन पाउने नीति रहेकोले त्यो भन्दा वढी रकम लिन नमिल्ने बताए ।

    यस्तै प्राविधिक सेक्टरका विद्यार्थी नेता अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोष पोखरेल पनि विद्यार्थी सँग कुनै पनि वहानामा वढि शुल्क असुल्न पाइन्न कसैले उठाएको भए सत्य तथ्य वुझेर अघि वढ्ने वताउँछन् ।  कोभिडले देश र जनता थिलोथिलो भएको वेला प्राइभेट कलेजलाई भने गरिव दुखि विद्यार्थीबाट पैसा जम्मा गर्ने हतारो भएको छ ।

    आम्दानी लुकाउन नक्कली विल काट्दै चरक मेमोरियल
    एक हजार भन्दा बढी रकमको कारोवार गर्दा स्थायी लेखा नम्वर (पान) अंकित विलबाट मात्र गर्नु पर्ने प्रावधान सरकारले तोकेको छ । भुक्तानी लिंदा होस् या दिँदा यो नियम लागु गर्नु अनिवार्य छ ।

    तर केहि ठूला र करोडौं रुपैयाँमा कारोवार गर्ने व्यवसायिक प्रतिष्ठानहरुलाई यो नियमले छोएको छैन । राज्यको कर प्रशासनले तोकेको कानुन विपरित गरिने यस्ता काम कारवाही वारे सम्वन्धित निकाय वेखवर रहनुलाई विडम्वना पूर्वक हेरिएको छ ।
    पोखराको चरक मेमोरियल हस्पिटलले हालसालै किनेको वेस्टर्न हेल्थ साइन्स एण्ड एकेडेमीमा भर्ना हुन आएका डिप्लोमा इन फार्मेसीका विद्यार्थीहरुलाई नक्कली विल भिडाएर मोटो रकम असुल्ने गरेको प्रमाण सराङकोट साप्ताहिकलाई प्राप्त भएको छ ।

    विद्यार्थीलाई प्रदान गरेको विलमा १ लाख ७२ हजार ७ सय वीस रुपैयाँको आम्दानी एकेडेमीले गरेको देखिन्छ तर उक्त आम्दानी एकेडेमीले गरेको देखिन्छ तर उक्त आम्दानी विलमा स्थायी लेखा नम्वर समेत उल्लेख गरिएको छैन ।

    वरु उल्टै स्टेटमेन्ट अफ एक्पेन्सेस अर्थात् खर्च विवरण उल्लेख गरेर कर लुकाउने जुक्ति प्रयोग गर्न खोजेको देखिन्छ। विद्यार्थीको भर्ना लिने संस्था वेस्टर्न हेल्थ साइन्स एकेडेमी चरक मेमोरियल हस्पिटलले खरिद गरेको ४ महिना मात्र भएको छ चरकले किनेपनि विक्री गर्ने संस्थाको दायित्व समेत वहन गर्ने पुरानै विलमा कारोवार गरिरहेको छ जुन विल करको दायरामा प्रविष्ट देखिदैन ।

    लाखौंको विल काट्दा प्यान विल समेत दिन नसकेको त्यस संस्थाको कारोवारको वर्षो देखिको पूर्ण लेखिपरीक्षण गर्नु पर्ने राजस्वका जानकारहरु वताउँछन् । करोडौंको कारोबार हुने उक्त प्रतिष्ठानले कहिले देखि प्यान नम्वर समेत नराखिएको विल प्रयोग गर्दै आयो भन्ने वारेमा छानविन हुनु पर्ने आवाज उठेको छ । हामीलाई प्राप्त २०७७ कार्तिक २७ गते को विलको नम्वर ८ सय भन्दा वढि रहेको छ ।

    नयाँ आर्थिक वर्षमा प्यान नम्वरै अंकित नभएको पुरानै विल प्रयोग भएको आशंका भएकोले वेस्टर्न हेल्थ साइन्स एकेडेमीको कारोवार स्थापना भएको २०६१ साल देखि यताकै छानविन गरिनु आवश्यक देखिन्छ ।

    सो संस्थाका संचालकहरुबाटै संचालित पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिुटको विल कारोवार पनि सुक्ष्म छानवि जरुरी देखिएको छ । यि दुवै कलेज गत भाद्र देखि चरक मेमोरियल हस्पिटलले करिव २६ करोडमा खरिद गरेको थियो । कानुनी रुपमा स्वामित्व हस्तान्तरण हुनु अगाडि नै पूर्ण लेखापरीक्षण गर्न आवश्यक देखिन्छ ।

    यस अघि पनि फुल अडिटमा परेको उक्त संस्थाका संचालक प्रशासकहरुको मति कहिले सुध्रिएला । आयकर छल्न आम्दानी लुकाउन फर्जि विल प्रयोग गरेको पो हो कि राज्यको सम्बन्धित निकायको ध्यान जाओस् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार