Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चितवनको सेन्ट्रल पाम होटेलमा बसेका पारस शाह अचानक अस्वस्थ

    चितवनको सेन्ट्रल पाम होटेलमा बसेका पारस शाह अचानक अस्वस्थ

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 4.8K
    SHARES

    चितवन । चितवनमा पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् ।

    नारायणगढस्थित सेन्ट्रल पाम होटलमा मङ्गलबार साँझ भैरहवाबाट आएर बसेका शाहलाई बुधबार छातीमा समस्या देखिएको हो ।



    पारस शाह आँफैले गाडी चलाएर चितवन आएका थिए।



    शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा.श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।

    होटेल स्रोतका अनुसार पारसलाई होटलमै इसिजी गर्न खोज्दा आफु आराम गर्ने भन्दै उनले अस्विकार गरेका छन् । उनको रगत परीक्षण गरिएको छ ।

    ‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ’, रेग्मीले भने, ‘उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।’

    रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार