Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देशभर २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिए

    देशभर २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।



    आज देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



    आज देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार