Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेस्सी बिनाको खेलमा बार्सिलोनाको फराकिलो जित

    मेस्सी बिनाको खेलमा बार्सिलोनाको फराकिलो जित

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको बार्सिलोना र डिनामो किएभ बिच भएको खेलमा कप्तान लियोनल मेस्सी बिनै बार्सिलोनाले ४–० को फराकिलो जित हात पारेको छ ।

    बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल सर्जिनो डेस्टले र एन्टोइन ग्रिजमन एकएक गोल गरि जित दर्ता गरेका थिए ।



    दोस्रो हाफको ५२ औं मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै अग्रता दिलाए । पुनः ५७औं मिनेटमा डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे ।



    ७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै भने इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित दर्ता गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार