Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • महाेत्तरीमा प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    महाेत्तरीमा प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 4K
    SHARES

    काठमाडौं । महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

    हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।



    ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहका अनुसार उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको हाे।



    बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

    ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार