स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ का मैते बिक रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेका बिकले १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र पीडित परिवारको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Leave a Reply