Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौंमा ६९२ सहित उपत्यकामा थपिए ९४७ काेरोना संक्रमित

    काठमाडौंमा ६९२ सहित उपत्यकामा थपिए ९४७ काेरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।



    मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै नेपालमा आज मंगलबार थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ७९१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४ हजार ८४८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

    यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार