Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टामा १७९० जनामा काेराेना संक्रमण, २७९१ जना डिस्चार्ज

    पछिल्लाे २४ घण्टामा १७९० जनामा काेराेना संक्रमण, २७९१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 2K
    SHARES

    काठमाडाैं । नेपालमा आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ७९१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४ हजार ८४८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

    यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार