Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    थप २४ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या १३ सय ६१ पुग्याे

    थप २४ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या १३ सय ६१ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेनाबाट नेपालमा थप २४ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ७९१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४ हजार ८४८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार