धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
मंगलबार दिउँसो १ बजेतिर झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना१ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटना परेर कलावती चन्द, भगिरथ पाण्डे, पार्वती चन्द, पार्वती चन्द र कृष्ण लावडको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
रबिन्द्र चन्द, प्रदिप लाबड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र परिचय खुल्न बाकी दुई जना गरी छ जना घाइते भएका छन् ।
जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । जीप चालक फरार रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।