Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एफएनसीसीआई निर्वाचन : ढकाल भन्दा प्रधान समुह यसकारण शक्तिशाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

वरिष्ठ उपाध्यक्ष नै भावी अध्यक्ष हुने हुँदा महासंघमा वरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिस्पर्धा देखिन्छ । बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुँदैछ । दुई समुहले आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

उद्योगी तथा व्यवसायीका अनुसार अहिलेसम्मको अवस्था हेर्दा वरिष्ठ उपाध्यक्षमा  कस्ले जित्ने अन्योल रहे पनि  उपाध्यक्षमा दिनेश श्रेष्ठ, सौरभ ज्योति र अन्जनराज श्रेष्ठ चयन हुने संभावना बढी छ ।

वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधानको प्यानलमा  व्यवसायिक क्षेत्रमा भिजेका उपाध्यक्षहरूको उम्मेदवारी रहेको छ भने ढकाल प्यानल उम्मेदवार चयनमा चुकेको छ ।

राजनीतिक दलका नेताहरुसँगको सेटिङमा रमाएको ढकाल प्यानलमा जिल्ला र नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार रहेका छन् ।

संघाईमाथि विदेशी मद्रा अपचलन गरेको गम्भिर अभियोगमा सिआइबीले छानबीन गरिरहेको छ । रामचन्द्र संघाई जस्ता बदनाम पात्रकै कारण व्यापारी ढकाललाई चुनावमा ठुलो धक्का लाग्ने अवस्था देखिएको छ।

ठगी र विदेशी मुद्रा अपचलनमा संघाईमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ।  राजश्व अनुसन्धान बिभागले पनि संघाईमाथि छानविन गरिरहेको छ।

महासंघको आगामी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन रहेको प्रधान प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार रहेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष पशुपती मुरारका, पुर्व अध्यक्ष रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले पनि प्रधानकै प्यानलको समर्थन गरेका छन् ।

उद्यम व्यवसायको यात्रामा जति प्रधान प्यानलको उपाध्यक्षहरू स्थापित छन्, ढकाल प्यानलका उपाध्यक्षहरू त्यति छैनन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने अन्य ६४ पदका लागि निर्वाचन हुनेछ । गोल्छा प्रधानलाई जिताउनको लागि फिल्डमै खटिएका पनि छन् ।

महासंघको आगामी नेतृत्वमा हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने अन्य ६४ पदका लागि निर्वाचन हुनेछ ।

जसमध्ये एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला तथा नगर, वस्तुगत तथा एशोसिएट्स समूहबाट १/१ जना समेत गरी कुल ३ जना विषयगत उपाध्यक्षहरू र बाँकी ६० जना कार्यसमिति सदस्यका रहनेछन् ।

६० जना कार्यसमिति सदस्यहरूमध्ये जिल्ला/नगर तर्फबाट १८ जना, वस्तुगत संघ समूहबाट १४ जना, एशोसिएट्स समूहबाट १९ जना, द्विराष्ट्रिय संघका तर्फबाट १ जना, संस्थापक सदस्यहरूबाट १ जना महासंघ कार्यसमितिमा रहने छन् ।

प्रत्येक प्रदेशको तर्फबाट कार्यसमितिमा प्रतिनिधित्व गर्ने १र१ जना समेत गरी कुल ७ जना रहनेछन् । यी पदहरुका लागि कुल १ सय २७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश १ र द्विराष्ट्रिय समूहबाट प्रतिनिधित्व गर्ने १/१ जना समेत गरी २ कार्यसमिति सदस्यका लागि एकजनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

महासंघ निर्वाचन समितिको तथ्यांक अनुसार हाल महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्य तथा संस्थापक तथा द्विराष्ट्रिय संघका तर्फबाट १२र१२ जना समेत गरी कुल २४ वटा संस्थाका प्रतिनिधिको मताधिकार निश्चित भएको छ ।

वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको निर्वाचन प्रयोजनका लागि द्विराष्ट्रिय संघका सदस्यहरुलाई एशोसिएट्स समूह तथा संस्थापक सदस्यलाई जिल्ला, नगर समूहमा अन्तर्गत राख्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077