Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख नाघ्यो

    नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख नाघ्यो

    साेमबार ३ हजार ४३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त हुनेको संख्या २ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना काेराेना संक्रमणमुक्त भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।



    उनीहरुमध्ये १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने २ लाख २ हजार ६७ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएकाे छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार