Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • थप १६ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    थप १६ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा थप १६ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार ३ सय ३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    नेपालमा आज साेमबार थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ४३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार