Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सभामुखबाट सांसद पाण्डेले लिए शपथ

    सभामुखबाट सांसद पाण्डेले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराएका हुन् ।



    प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली काँग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार