Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बेवारिसे अवस्थाको १८ गोलिया काठ बरामद

    बेवारिसे अवस्थाको १८ गोलिया काठ बरामद

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरेको हो ।



    बरामद काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले बताए ।



    “कानूनअनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइए बिगोअनुसार जरिवाना हुन्छ ।” बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार