Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्‍त्री ओलीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका छन् ।

आज दिउँसो प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।

छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतले बतायाे ।

प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077