Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाण्डेलाई ओलीका कार्यकर्ताले लखेट्दा समेत बाँस्कोटाले गाली गर्न छाडेनन्

काठमाडौं । चितवनमा सत्तारुढ नेकपाकै नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे आफ्नै कार्यकर्ताबाट लखेटिएपछि चारैतिरबाट उक्त घटनाको बिरोध भएको छ।

यता पाण्डे आफ्नै कार्यकर्ताबाट लखेटिएपछि नेकपाकै अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आक्रोस पोखेका छन्।

बाँस्कोटाले सुरेन्द्र पाण्डेप्रति लक्षित गर्दै गलत बिचारलाई होहल्लाले होइन सही बिचारले पराजित गर्न सकिने बताएका छन्।

पाण्डेमाथि अभद्र व्यवहार भएपछि उनले बलमा नभई बिचारमा जोड दिन भनेका हुन्। चितवनमा पाण्डेलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली पक्षका नेता कार्यकर्ताले लखेटेका थिए ।  बाँस्कोटा ओलीका विश्वास पात्र मानिन्छन्।

उनी ७० करोड घुसकाण्डका कारण मन्त्री पदबाट राजिनामा दिएका थिए।

पाण्डेमाथि भएको दुर्व्यवहारको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । त्यस्तै, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पाण्डेमाथि चितवनमा भएको दुर्व्यवहार अतिनिन्दनीय एवं भर्त्सनायोग्य रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077