Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्पका छोरालाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार रिपोर्ट पोजेटिभ आएपछि ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर आफ्नो क्याबिनमा क्वारेन्टिनमा रहेका छन्।

उनले कोभिड प्रोटोकल सबै पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको पनि समाचारमा जनाइएको छ ।अक्टुबर महिनाको पहिलो हप्ता राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पताल भर्ना भएका थिए ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यु ज्यूलियानीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ज्यूलियानी ट्रम्पको निजी अधिवक्ता रुडी ज्यूलियानीको छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077