Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काेराेनाबाट प्रभावित व्यावसायिलाई सरकारले सहुलियतपूर्ण कर्जा दिने

    काेराेनाबाट प्रभावित व्यावसायिलाई सरकारले सहुलियतपूर्ण कर्जा दिने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । सरकारले काेराेना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो ।



    यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिए । यो कार्यविधि आजकै मितिदेखि लागू भएको पनि उनले जानकारी दिए ।

    विगतमा व्यवसायीबाट आएको मागलाई सम्बोधन गर्दै उक्त निर्णय गरिएको सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार