Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गैरकानुनी रुपमा नेपाल बसिरहेका ३ विदेशी देशनिकाला

    गैरकानुनी रुपमा नेपाल बसिरहेका ३ विदेशी देशनिकाला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । गैरकानुनी रुपमा नेपालमा बसिरहेका तीन विदेशी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना रु ५० हजार समेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।



    यस्तै गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरेका यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना रु. १ लाख समेत मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको छ ।



    गृह मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार