Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थप २२ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १ हजार २९८ पुग्याे

    थप २२ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १ हजार २९८ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ९८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार