Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाका कारण पोखरामा एकैदिन थप सात संक्रमितको मृत्यु

    कोरोनाका कारण पोखरामा एकैदिन थप सात संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.6K
    SHARES

    पोखरा । पोखरामा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाकै ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो ।



    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार राति र शुक्रबार बिहान गरी सात जनाको मृत्यु भएको हो ।



    गण्डकी मेडिकल कलेजमा विहिबार राती पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुष, शुक्रबार विहान पोखरा–८ का ५४ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    कात्तिक २९ मा कोरोना पुष्टि भएका ७१ वर्षीय पुरुषलाई बाइल्याटरन निमोनिया, उच्च रक्तचापको समस्या थियो भने ५४ वर्षीय पुरुषमा कात्तिक २३ मा कोरोना पुष्टि भएको थियो । उनी बाइल्याटरल निमोनिया, मृगौला रोग, उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पतालले जनाएको छ । तनहुँका मृतकमा भने कात्तिक ३ म कोरोना पुष्टि भएको थियो ।

    त्यसैगरी बिहीबार राति नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा–९ का ६८ वर्षीय पुरुष र पोखरा–२१ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    ६८ वर्षीय पुरुषलाई बाइल्याटरल निमोनिया र मधुमेहसमेत रहेको र ७५ वर्षीय मृतकलाई निमोनिया भएको अस्पतालले जनाएको छ ।

    त्यसैगरी शुक्रबार प्रतिष्ठानमा उपचारका क्रममा पोखरा–१७ का २९ वर्षीय पुरुष र पोखरा–१३ का ५५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

    शुक्रबार नै कोरोना परीक्षण पोजिटिभ आएका २९ वर्षीय पुरुषलाई निमोनिया र हातखुट्टा गल्ने समस्या देखिएको अस्पतालले जनाएको छ ।

    ५५ वर्षीय मृतकमा भने उनलाई निमोनिया, मृगौला रोग र मधुमेहको समस्या थियो ।

    योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार