Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अवधि नै नपुगी काठमाडौंका एसएसपीको सरुवा, ज्ञवालीको ठाउँमा सिंह

    अवधि नै नपुगी काठमाडौंका एसएसपीको सरुवा, ज्ञवालीको ठाउँमा सिंह

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन गरेको छ ।

    अवधि नै नपुगी एसएसपी श्याम ज्ञवालीलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसएसपी अशोक सिंहलाई सरुवा गरेको हो ।



    ज्ञवालीको गत बैशाखमा सरुवा भएको थियो ।



    गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    त्यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको छ ।  बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् । विमानस्थल सुरक्षा प्रमुख रहेका रामकृपाल शाहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर सरुवा भएकाे छ ।

    त्यसैगरी राजेशनाथ बास्तोलालाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । बास्तोला २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा थिए

    त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।

    त्यस्तै एसएसपी मुकेश कुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए ।

    त्यस्तै रामदत्त जोसीकाे तालिम केन्द्र बुटवल, मुकेश सिहकाे दिपायल, किरण राणाकाे नेपालगञ्ज, केदार ढकालकाे २ नम्वर प्रदेश तथा प्रदिप श्रेष्ठको महानगरिय आयुक्त कार्यालयमा सरुवा भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार