Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चोरबाटोबाट ईश्वर पोखरेलले एआईजीको दरबन्दी थपेपछि प्रधानमन्त्री ओली आक्रोशित

    चोरबाटोबाट ईश्वर पोखरेलले एआईजीको दरबन्दी थपेपछि प्रधानमन्त्री ओली आक्रोशित

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 5.9K
    SHARES

    काठमाडौं। सरकारले प्रहरीमा एक एआईजीको दरबन्दी थप गरेको प्रकरणलाई लिएर बालुवाटारभित्रै भुइचालो गएको छ ।

    गृहसचिव नेतृत्वको  संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समितिमा आईजीपी पनि सदस्य हुने व्यवस्था छ ।



    तर,  गृहमन्त्री रामबहादुर थापा , गृह सचिब महेश्वर न्यौपाने र आईजीपी शैलेश थापा क्षेत्रीलाई जानकारी नै नदिएर बुधवार सिधै एआईजीको दरबन्दी थपिएको छ।



    ओएन्डएम समितिको अध्ययन विनानै एक जना एआईजीको दरबन्दी थप  भएको हो ।

    सरकारले एकपछि अर्को गलत काम गरिरहेका बेला उप–प्रधानमन्त्री ईश्वर पोखरेलको स्वार्थमा एक एआईजीको दरबन्दी थपिएको स्रोतको दाबी छ  ।

    मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेरे गृह मन्त्रालयलाई पत्र पठाएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको स्रोतले बतायो ।

    गृहसचिव नेतृत्वको ओएन्डएम समितिले हाललाई पाँच जना डीआईजीको दरबन्दी मात्रै थप्ने प्रस्ताव गृहमन्त्रालय मार्फत मन्त्रिपरिषद्मा दुई महिना पहिला नै पेश गरेको थियो।

    उक्त प्रस्ताव अध्ययन गर्न बनेको उप–प्रधानमन्त्री ईश्वर पोखरेलको प्रसासनिक समितीले पाँच डीआईजीसहित एक एआईजी पनि थप्ने निर्णयसहितको प्रतिवेदन बुधबारको मन्त्रिपरिषद्मा चोरबाटोबाट पेश गरेपछि डीआईजीसँगै एआईजीको दरबन्दी समेत थपेर स्वीकृत भएको हो।

    जुन कुराले प्रधानमन्त्री केपी शर्मा ओली समेत अन्योलमा परेको बुझिएको छ।  उनले सल्लाहकारहरुलाई बोलाएर डीआईजीको दरबन्दी मात्रै थपिनुपर्नेमा कसरी एआईजीको पनि थपियो भन्दै प्रश्न गरेको स्रोत वताउँछ ।

    अहिले एआईजी थप्ने कुनै प्रस्ताव नभएपनि  डीआईजी विश्वराज पोखरेललाई भावी आईजीपी बनाउने रणनिति अनुसार ईश्वर पोखरेलको योजनामा  एक जना एआईजीको मात्रै दरबन्दी थप गरिएको हो ।

    पोखरेल उप–प्रधानमन्त्री ईश्वर पोखरेलका आफन्त समेत हुन्। ईश्वर पोखरेलले उनलाई यसअघि नै एआईजी बनाउने अडान लिएका थिए।

    तर, उनी भन्दा अघिल्लो ब्याचका डीआईजीलाई छुटाएर उनलाई एआईजी बनाउँदा प्रहरी संगठनमा चेकअफ कमाण्डमा असर पर्ने भन्दै आईजीपी शैलेश थापा क्षेत्रीकै अडानका कारण उनको बढुवा रोकिएको थियो।

    पोखरेलका ब्याची सिआईबीमा कार्यरत डीआईजी सहकुल थापा, प्रदेश नम्बर २ का डीआईजी धिरजप्रताप सिंह, लुम्बिनी प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुक, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदी एआईजीका दावेदार भएपनि डीआईजी बढुवामा उनीहरु पोखरेल भन्दा पछि बढुवा भएका थिए ।

    पोखरेल भन्दा  थापा,  सिंह, सुवेदीहरु क्षमतावान मानिन्छन् ।

    उनीहरुलाई प्रतिस्पर्धामा भाग लिने बातावरण नै नबनाई ईश्वर पोखरेलकै योजनामा पोखरेललाई आईजीपी बनाउने शणयन्त्र रचिएको गृह स्रोतको दाबी छ ।

    पोखरेल एउटै ब्याचका यी सबैलाई उछिनेर डिआईजीमा राजनीतिक दबाबमा एक्लै बढुवा भएका थिए ।

    नेकपाभित्र किचलो भइरहेका बेला अकस्मात एआईजीको दरबन्दी थप गरिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार