Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

    देउवाद्वारा चिकित्सकद्वय झा र थापाको निधनप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    कोरोना संक्रमित डाक्टरद्वय झा र थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गत सोमबार विहान निधन भएको थियो ।



    सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा दुबै जनाको लामो योगदान स्मरणीय रहने उल्लेख गरेका छन् ।



    मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोना विरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवै थरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रहसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार