Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाबाट वडाअध्यक्षको मृत्यु

    कोरोनाबाट वडाअध्यक्षको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    जनकपुर । कोरोना भाइरसकाे संक्रमणबाट धनुषामा एक वडाध्यक्षको मृत्यु भएको छ ।

    धनुषाधाम नगरपालिका-६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।



    मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।



    यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् ।

    मृतक मोक्तान वडा नम्बर ६ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार