Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • संसद्को हिउँदे अधिवेशन तयारी

    संसद्को हिउँदे अधिवेशन तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।

    सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिए । उनले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेका छौँ भन्नुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।



    यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो । साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग भएको थियो ।



    कोरोनाको अवस्था बढिरहेका कारण हाल सङ्क्रमित समेत हुनसक्ने अवस्था दृष्टिगत गरेर थप सुरक्षा उपाय अपनाइने गौतमले बताए । यसअघि कायम भएको भौतिक दूरी थप बढाउने तयारी भइरहेको उनको भनाइ छ । ग्यालरीलाई समेत सांसद आशन कक्षमा विस्तार गर्ने योजना रहेको गौतमले बताए ।

    उनले हामी ग्यालरीलाई पनि सांसदको आशन कक्ष बनाउने गरी तयारी गरिरहेका छौँ । यो पटक संयुक्त बैठक बस्नुपर्ने अवस्था छैन । यसकारण केही सहज भने हुनेछ भन्नुभयो । यस्तै सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ । विज्ञ सँगको परामर्शका आधारमा सफाइका अन्य योजना बनाउने सचिवालयको तयारी छ । यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय छ । सचिवालयले राजनीतिक दलको परामर्शमा लक्षण देखिएका वा आशङ्कामा रहेका सांसदलाई बैठकमा उपस्थित हुँदा थप सतर्क हुन अपिल गर्ने तयारी गरेको छ ।

    यसअघि बजेट अधिवेशन समेत कोरोना प्रभाव बढ्दै जाँदा आकस्मिक रूपमा अन्त्य गरिएको थियो । वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ । बजेट अधिवेशन लामो समय नचल्दा कतिपय महìवपूर्ण विधेयक समेत लामो समयदेखि संसद्मा विचाराधीन छन् । दुवै सदनमा गरी विभिन्न चरणमा ५० वटा जति विधेयक विचाराधीन छन् । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा समेत चलाइने प्रचलन रहेकाले महìवपूर्ण विधेयक पारित हुने अपेक्षा गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार