Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रातारात किन भेटिन् चिनियाँ राजदूतले ओलीसँग?

    रातारात किन भेटिन् चिनियाँ राजदूतले ओलीसँग?

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग बालुवाटारमै भेट गरेका छन्।

    यति हुँदासमेत कुनै गल्ती महसुस नगरेका ओलीको पद र प्रतिष्ठा बचाउन फेरि पनि प्रभुकै लिला अपरम्पार देखिएको छ । नेकपामा जति जति बेला संकट आइलाग्छ त्यति नै बेला प्रभुले दर्शन दिएर समस्या समाधान गरेजस्तै फेरि एक पटक झुल्किएकी छिन् चिनियाँ राजदूत यान्छी ।



    स्राेतका अनुसार राजदूत यान्छी मंगलबार राति ८ बजेर १० मिनेटमा बालुवाटार प्रवेश गरेकी थिइन्। त्यहाँ उनले १० बजेर १० मिनेट सम्म ओलीसँग कुरा गरेकी थिइन्। ओलीसँग कुरा गर्ने क्रममा राजदूत यान्छीले नेकपा पार्टी भित्रकाे विवाद मिलाउनकाे लागि नरम भएर कुरा गर्न अाग्रह गरेकी हुन्।



    उनी बिना कुनै मर्यादा पालना गर्दै फेरि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छिरेर पार्टी फुटबाट बचाउन प्रयत्न गरिरहेकी छिन् ।

    प्रचण्डको कमजोरी चिनियाँ सरकार भएकाले पनि यान्छीले ओलीलाई भेटेसँगै प्रचण्ड फेरि पछाडि हट्ने संकेत आइसकेको छ । नेकपाको एकताका बेलादेखि नै सक्रिय हुँदै आएकी यान्छीले जति पटक नेकपामा संकट आइलाग्छ त्यति नै बेला आफ्नो मर्यादा बिर्सेरै भए पनि पार्टी फुटबाट जोगाउन अहम् भूमिका खेल्छिन् ।

    यसअघि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ । गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

    त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् ।

    राजदूत यान्छीसँगको भेटपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेट्नु र त्यसलगत्तै आज १ बजेका लागि बोलाइएको सचिवालय बैठककै समयमा मन्त्रीपरिषद् बैठक बोलाउनुले नेकपा भित्रको विवाद झन उत्कर्षमा पुगेको अनुमान लगाउन सकिन्छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार