Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सचिवालय बैठक टार्ने रणनीतिमा ओली, एउटै समयमा मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

यता, बुधबार दिउँसो १ बजेलाई नेकपाको सचिवालय बैठक बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।

उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।

यद्यपी प्रधानमन्त्री ओलीले भने मंगलबार राति मन्त्रीहरुलाई बुधबार १ बजे बैठक बोलाइएको जानकारी गराउन लगाएका थिए ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। सोही प्रयास स्वरुप प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएको आँकलन नेकपाकै नेताहरुले गरेका छन् ।

हुनत अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेका थिए भने दाहालले पनि हिजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

पौडेलसँगको भेटमा दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077