Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सचिवालय बैठक टार्ने रणनीतिमा ओली, एउटै समयमा मन्त्रिपरिषद् बैठक बोलाइयो

    सचिवालय बैठक टार्ने रणनीतिमा ओली, एउटै समयमा मन्त्रिपरिषद् बैठक बोलाइयो

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    यता, बुधबार दिउँसो १ बजेलाई नेकपाको सचिवालय बैठक बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने जानकारी दिए ।



    उनका अनुसार बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।



    यद्यपी प्रधानमन्त्री ओलीले भने मंगलबार राति मन्त्रीहरुलाई बुधबार १ बजे बैठक बोलाइएको जानकारी गराउन लगाएका थिए ।

    कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने तय भएको थियो ।

    तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। सोही प्रयास स्वरुप प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएको आँकलन नेकपाकै नेताहरुले गरेका छन् ।

    हुनत अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेका थिए भने दाहालले पनि हिजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

    पौडेलसँगको भेटमा दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार